आजको रिर्पोटमा हेटौंडामा कुन वडाका कति संक्रमित ?
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज (विहीबार) विहान सार्वजनिक गरिएको रिपोर्टमा ११ पुरुष र ८ जना महिला गरी १९ जनामा संक्रमण पुष्टि भएको हो ।
सङ्क्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का ६ जना छन् । संक्रमितमा २९, ४० वर्षका दुई जना पुरुष, १९, २१, २७ र ३४ वर्षका चार जना महिला रहेका छन् ।
वडा नम्बर ५ का पुरुष एक र दुई महिला गरी ३ जनामा संक्रमण भएको पाइएको छ । संक्रमितमा ३२ वर्षका एक जना पुरुष र २९ र ३२ वर्षका दुईजना महिला रहेका छन् ।
यस्तै, हेटौंडा ९ का तीन जना पुरुष र एक जना महिला गरी ४ जना संक्रमित भएका छन् । संक्रमितमा १८, ३८, ५६ वर्षका पुरुष रहेका छन् भने ३० वर्षिया एक जना महिला रहेकी छिन् ।
वडा नम्बर १० का ३२ वर्षिय एक पुरुषमा संक्रमण भएको रिर्पोट आएको छ भने वडा नम्बर ११ मा १५, ४०, ४५ वर्षका ३ जना पुरुषमा संक्रमण देखिएको छ । हेटौंडा १६ मा २८ वर्षिया एक महिला र हेटौंडा १७ मा २८ वर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपहानगरपालिका आयुर्वेद तथा जनस्वास्थ्य प्रबद्र्घन शाखाका जनस्वास्थ्य निरिक्षक, कोभिड १९ का फोकल पर्सन भोलाप्रसाद चौलागाईंले आज (विहीबार) सार्वजनिक गरेको रिर्पोटमा उल्लेख छ ।
यही कात्तिक ३ गते ७२ जनामा लिइएको स्वाब परीक्षणको रिर्पोट आज (विहीबार) विहान सार्वजनिक गरिएको फोकल पर्सन चौलागाईंले जानकारी दिए । सार्वजनिक रिर्पोटमा पाँच जनामा पुनः पोजिटिभ देखिएको छ ।
पछिल्लो समय मकवानपुरमा कोरोना संक्रमितको संख्या बढ्दो छ । यसअघि हिजो (बुधबार) हेटौंडामा विहान र बेलुका गरी दुईपटक सार्वजनिक रिर्पोट अनुसार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।