विराटनगरमा आजदेखि स्वाब संकलन नहुने

लोकखबर
६ कार्तिक २०७७, बिहीबार ११:१२

मकवानपुर । दशैँ बिदा परेको भन्दै विराटनगरमा आजदेखि स्वाब संकलन रोकिएको छ ।

कोरोना जाँचका लागि विराटनगर महानगरपालिकाले संकलन गर्दै आएको स्वाब संकलन ६ दिन बन्द गर्ने निर्णय गरेको हो ।

महानगरले आजदेखि कात्तिक १२ गतेसम्म स्वाब संकलन बन्द गर्ने निर्णय गरेको हो ।

दशैंको विदामा कोशी अस्पताल विराटनगरले कोरोना जाँच नगर्ने बताएपछि स्वाब संकलन रोक्नु परेको विराटनगर महानगरपालिकाले जनाएको छ ।

बुधबार सूचना प्रकाशित गर्दै विराटनगर महानगरपालिकाले जैन भवन र मोबाइल भ्यानबाट हुने स्वाब संकलन १२ कात्तिक सम्मका लागि रोकिने जनाएको छ ।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*