विश्वभर २४ घण्टामा ४ लाख ३४ हजारमा संक्रमण

लोकखबर
६ कार्तिक २०७७, बिहीबार ११:३०

मकवानपुर ।विश्वभर एकैदिन ४ लाख ३४ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ लाख ३४ हजार २१३ जनामा संक्रमण भएसँगै यो समाचार तयार पार्दासम्म संक्रमित संख्या ४ करोड १४ लाख ५९ हजार २११ पुगेको छ ।

 

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ६७ हजार ९९३ जना निको भएर घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ करोड ८ लाख ८७ हजार ४१८ पुगेको छ ।

यस्तै एकै दिन थप ६ हजार ७९७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख ३५ हजार ६४५ पुगेको छ ।

सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा ८५ लाख ८१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७७ लाख नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५३ लाख पुगेको छ । ब्राजिल विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४३ हजार ७१५ जनाको मृत्यु भएको छ । ७५ लाख १३ हजार ५४६ जना संक्रमित भएकोमा ३३ लाख ५ हजार २३० जना संक्रमणमुक्त भएका छन् । खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*