कोरोना निको भएर घर पुगेपछि फेरि संक्रमण, भन्छन्– पहिले सामान्य थियो, अहिले अक्सिजन लगाएर बस्नुपरेको छ

लोकखबर
६ कार्तिक २०७७, बिहीबार १२:५२

मकवानपुर । अस्पतालबाट डिस्चार्ज भएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि पुनः अस्पताल भर्ना भएका छन् । बलम्बुस्थित कोभिड १९ युनिफाइड अस्पतालमा बसेका एक बिरामी डिस्चार्ज भएपछि पुनः लक्षण देखिएपछि स्वाब परीक्षण गराउँदा पीसीआर पोजेटिभ देखिएपछि सोही अस्पतालमा भर्ना भएका हुन् ।

डिस्चार्ज भएर घर गए पनि उनलाई ज्वरो, खोकी, पखालालगायत कोभिड लक्षण देखिएपछि फेरि पीसीआर गराएका हुन् । उनले भने, “असोज २८ गते साँझदेखि ज्वरो आउन थाल्यो । त्यसपछि कोभिडका सबैजसो लक्षण देखिए ।” कात्तिक ४ गते फेरि दिएको थ्रोट स्वाबमा कोरोना पोजेटिभ देखिएको हो ।

अस्पतालले २७ गते गरेको परीक्षणमा कोरोना नेगेटिभ आएपछि उनी डिस्चार्ज भएका थिए । त्यसअघि असोज १६ गते दिएको स्वाब परीक्षणमा कोरोना पुष्टि भएपछि ती व्यक्ति अस्पताल भर्ना भएका थिए । यसअघिको अस्पताल बसाइमा सामान्य वार्डमा बसेका उनलाई अहिले अक्सिजन लगाउनुपर्ने अवस्था छ ।बाह्रखरी डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*