भरतपुर अस्पतालमा कोरोना संक्रमित ३७ हप्ताकी गर्भवतीको मृत्यु

लोकखबर
६ कार्तिक २०७७, बिहीबार १३:४३

मकवानपुर ।चितवनस्थित भरतपुर अस्पतालमा ३३ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

तनहुँ जिल्ला शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर जिल्ला हेटौँडा ५ बस्ने ३३ वर्षीया महिलाको निमोनिया र श्वासप्रश्वासमा समस्या आएर बिहीबार बिहान ६ः१५ मा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

उनी संक्रमण सहित खोकी र श्वासप्रश्वासमा समस्या भई असोज ३० गते अस्पतालमा भर्ना भएकी थिइन्।

स्वास्थ्यमा समस्या आएपछि उनको अस्पतालले कोभिड आइसियुमा भेन्टिलेटरको सहायतामा उपचार हुँदै आएको थियो।

उनी ३७ हप्ताकी गर्भवती थिइन्। स्वास्थ्य खबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *