मौसम अपडेट :

बागमती प्रदेशमा आंशिक बदली हुने

लोकखबर
९ कार्तिक २०७७, आईतवार ०७:०९

मकवानपुर । आज आइतबारको मौसम बागमती प्रदेशमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बागमती प्रदेशका अलावा प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशमा पनि मौसम सामान्यदेखि आंशिक बदली रहने मौसमविद्को भनाई छ ।
देशका अन्य भू-भागमा भने आज (आइतबार) को मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज (आइतबार) राति पनि प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै, आज (आइतबार) राति पनि प्रदेश १ का एक-दुई स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । अहिले विहान प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली भइरहेको जनाइएको छ ।
महाशाखाले जनाए अनुसार अहिले कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय छैन ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*