नेकपा प्रवक्ता श्रेष्ठ भन्छन्,‘ओलीको भेटबारे पार्टीलाई जानकारी छैन । ’

लोकखबर
९ कार्तिक २०७७, आईतवार १३:५६

मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको भेटबारे पार्टीलाई कुनै जानकारी नभएको बताएका छन् ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेता श्रेष्ठले सामाजिक सन्जाल फेशबुकमा प्रधानमन्त्री ओलीको भेट कुटनीतिक मूल्य र आचारसंहिता विपरीत भएको प्रष्ट पारेका छन् ।

नेता श्रेष्ठले आचारसंहिता विपरीत विदेशी गुप्तचर अधिकारीसँग प्रधानमन्त्रीको भेट किन ? भनेर प्रश्न गरेका छन् ।
यसरी हुने भेटघाटले राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने मात्र नभइ राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम गर्ने प्रवक्ता श्रेष्ठले धारणा राखेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*