आज बडादशैंको विजयादशमी, टिकाको उत्तम साइत १०ः१७ बजे

लोकखबर
१० कार्तिक २०७७, सोमबार ०८:१८

मकवानपुर । नेपालीहरुको महानपर्व बडादशैंको आज मुख्य दिन विजयादशमी । आजका दिनमा आफूभन्दा ठूलाबडा अथवा मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्दिको प्रतीक जमरा लगाउने गरिन्छ ।

विजयादशीका दिन घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी टीका लगाइदैंछ ।

नेपाल पन्चांग निर्णायक समितिले आज देवी विसर्जनको साइत विहान १० : ११ बजे रहेको जनाएको छ । यस्तै, टिका लगाउँनका लागि शुभ साइतको समय भने विहान १० : १९ बजे उत्तम रहेको समितिले जनाएको छ ।

विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि समितिको भनाई छ ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *