बाँदरलाई हानेको गोली काकालाई लागेपछि…
मकवानपुर । बाँदर धपाउन खोज्दा हानेको बन्दुकको गोली लागेर प्युठानमा एक जनाको मृत्यु भएको छ ।
नौवहिनी गाउँपालिका ५, डामकोट बस्ने ७१ वर्षीय वृद्ध दलबहादुर सुनारको गोली लागेर ज्यान गएको थियो । उनलाई नातामा भतिज पर्ने स्थानीय ३४ वर्षीय हेमलाल सुनारले गोली हानेका हुन् ।
सुनारले बाँदर धपाउँन हानेको गोली वृद्द दलबहादुरलाई लागेको हो । हिजो (सोमबार) विहान घरदेखि पाँच मिनेटको दूरीमा रहेको बारीमा बाँदर भगाउने क्रममा हेमलालले गोली चलाएका थिए । प्युठान प्रहरीका अनुसार गोली चलाउने हेमलाल प्रहरीको नियन्त्रणमा छन् ।












































