मौसम अपडेट :
बागमती प्रदेशका केही ठाउँमा आंशिक बदली हुने
मकवानपुर । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (मंगलबार) बागमती प्रदेशका केही ठाउँको मौसम आंशिक बदलीको सम्भावना छ ।
यस्तै प्रदेश १, २ र गण्डकी प्रदेशमा पनि आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने पूर्वानुमान छ ।
आज दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सफा रहने जनाइएको छ । महाशाखाका अनुसार प्रदेश १ का एक/दुई स्थानहरूमा भने हल्का वर्षाको सम्भावना छ ।
यस्तै, भोलि र पर्सि पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।












































