नेकपाको शुभकामना तथा चियापान नहुने

लोकखबर
११ कार्तिक २०७७, मंगलवार १७:२१

मकवानपुर । नेकपाले हरेक बडादसैँ, तिहार, नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यो पटक नहुने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज आज (मंगलबार) विज्ञप्ति जारी गरी कोभिड–१९ महामारीका कारण यस वर्ष उक्त कार्यक्रम स्थगन गरिएको जानकारी दिएका हुन् ।

कोरोनाका कारण विगतकाझैं चियापान कार्यक्रम नगर्ने जानकारी यसअघि कांग्रेसले दिइसकेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*