नारायणीका पक्षमा सबै नागरिक संघसंस्था

लोकखबर
१५ कार्तिक २०७७, शनिबार १७:२२

मकवानपुर । साविकको नारायणी यातायात व्यवसायी संघको पक्षमा मकवानपुरका सबै नागरिक संस्थाहरुले प्रतिवद्धता जनाएका छन् । सरकारले २०७५ मा सबै यातायात संस्थाहरुलाई कम्पनी ऐनमा जान निर्देशन दिएपछि नारायणी यातायात व्यवसायी संघ पनि कम्पनी ऐनमा गएको थियो ।

संघका नाममा कुनै आर्थिक कारोबार नगर्न सरकारको निर्देशनपछि अदालत गएको संघलाई आर्थिक कारोबार गर्न फैसला भएको थियो । तर मकवानपुरमा हालै पदबहाली हुनु भएका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले कात्तिक १३ गते संघलाई आर्थिक कारोबार नगर्न पत्र पठाउनु भएपछि पुरानो नारायणी यातायात कम्पनीले मकवानपुरका नागरिक अगुवासँग आज गरेको छलफलमा संघमाथिको हस्तक्षेपविरुद्ध ऐक्वद्धता जनाएका हुन् । छलफलका सहभागीहरुले अन्य यातायात संस्थाहरुले साविक अनुसार काम गरिरहँदा नारायणी माथिको हस्तक्षेप अस्वीकार्य भएको बताए । नारायणी यातायातमाथि भइरहेको अन्यायविरुद्ध मकवानपुर उद्योग वाणिज्य संघले सर्वपक्षीय छलफल पनि चलाउने निर्णय भएको छ ।

छलफलमा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कट्वाल, उद्योग संघका अध्यक्ष लेखराज पोखरेल, मकवानपुर सार्वजनिक यातायात कम्पनीका अध्यक्ष ज्ञानेन्द्र कार्की, पेट्रोलियम डिलर्स एसोसियसनका अध्यक्ष उत्सव इटेनी, मकवानपुर ढुवानी व्यवसायी संघका अध्यक्ष देवेन्द्रध्वज कार्की, निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष श्यामसुन्दर ढकाल र होटल एसोसियसन मकवानपुरका अध्यक्ष शंकरलाल श्रेष्ठको सहभागिता थियो ।

साविकको नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा निवर्तमान अध्यक्ष बद्रीप्रसाद चौलागाईं, महासचिव सरोज खनालको उपस्थिति थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*