बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु

लोकखबर
२०७७ कार्तिक १६, आईतवार १०:१९

मकवानपुर । बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत कैलालीको टीकापुर-१ का ६० वर्षीय पुरूषको आज बिहान मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या देखिएर कात्तिक १३ गते अस्पतालमा भर्ना भएका ती पुरूषको १५ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा सुधार नआएर बिहान १ बजे मृत्यु भएको बाँकेको कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

यस्तै बाँकेमै अर्का एक संक्रमितको पनि मृत्यु भएको छ । दाङ तुलसीपुर-१८ का कोरोना संक्रमित ७० वर्षीय वृद्धको मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।

ती वृद्धको शनिवार दिउँसो नेपालगञ्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।

उनी कात्तिक १३ गते अस्पतालमा भर्ना भएकोमा १४ गते कोरोना पुष्टि भएको थियो।

योसँगै बाँकेमा बाहिरी जिल्लबाट उपचारका लागि गएर मृत्यु हुने संक्रमितको संख्या २० पुगेको श्रेष्ठले जानकारी दिए ।खबरहब डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको