भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख २२ हजार नाघ्यो

लोकखबर
२०७७ कार्तिक १६, आईतवार ११:२५

मकवानपुर । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २२ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा थप ४६८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २२ हजार १४९ पुगेको छ ।

 

यस्तै भारतमा कोरोना संक्रमितको संख्या ८१ लाख ८२ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४६ हजार ७१५ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८१ लाख ८२ हजार ८८१ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७४ लाख ८९ हजार २०३ जना संक्रमणमुक्त भएका छन् ।खबरहब डटमकबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको