पाइरेसीको मारमा पर्‍यो केकी र दीपकराजको ‘छ माया छपक्कै’

लोकखबर
२०७७ कार्तिक १६, आईतवार १३:००

मकवानपुर । गतवर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘छ माया छपक्कै’ पाइरेसी भएको छ । उक्त फिल्म युट्युबमा एक च्यानलबाट शनिवार अपलोड गरिएको हो ।

फिल्मलाई आधिकारिक रुपमा युट्युबमार्फत रिलिज गरिएको थिएन । फिल्मलाई केही समयअघि ‘चलचित्र एप’ मा रिलिज गरिएको थियो । साथै चलचित्र डिस होममा पनि रिलिज गरिएको छ ।

युट्युबमा फिल्म पाइरेसी भएपछि निर्माण टिमले कानुनी कारवाही खोज्ने तयारी थालेको छ । निर्माता रोहित अधिकारीका अनुसार पाइरेसी गर्ने व्यक्तिको खोजी भइरहेको जनाइएको छ ।

फिल्मको युट्युब राइट्स आमा अग्नी कुमारीसँग छ ।

दीपेन्द्र लामा निर्देशित यो फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे लगायतका कलाकारको शीर्ष भूमिका छ । राजनीतिक विषय उठान गरेको फिल्मले रिलिजपछि राम्रो प्रतिक्रिया पाएको थियो ।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको