भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

लोकखबर
१७ कार्तिक २०७७, सोमबार १०:२१

मकवानपुर । भरतपुर अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना चितवनका पुरुष छन् भने अर्की धादिङकी महिला हुन् ।

अस्पतालका अनुसार भरतपुर महानगरपालिका १० का ७९ वर्षीय पुरुषको मृत्यु भएको हो । कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएका उनी कात्तिक १६ गते अस्पताल भर्ना भएका थिए ।

उनको सोमबार बिहान १:२० मा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । उनको स्वास्थ्यमा जटिल अवस्था आएपछि कोभिड आईसीयूकक्षमा राखेर उपचार हुँदै आएको थियो ।

यस्तै अर्का कोरोना संक्रमित धादिङको नीलकण्ठ नगरपालिका ३ की ६१ वर्षीय महिला छन् । श्वासप्रश्वासमा समस्या भएकी उनी कात्तिक ५ गते अस्पताल भर्ना भएकी थिइन् । अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएकी उनको सोही दिन कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी पौडेलले बताए ।

स्वास्थ्यमा थप समस्या भएपछि कात्तिक ९ गते कोभिड आईसीयू कक्षमा उपचाररत उनको सोमबार बिहान २:५५ मा मृत्यु भएको पौडेलले जानकारी दिए ।बाह्रखरी  डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*