विराटनगरमा २ जना कोरोना संक्रमितको मृत्यु

मकवानपुर ।पछिल्लो चौबीस घण्टामा विराटनगरमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्र र नोबेल शिक्षण अस्पतालमा दुई पुरुषको मृत्यु भएको अस्पतालले जनाएका छन् ।
कोसीमा मृत्यु हुनेमा विराटनगर महानगरपालिका ३ का ७० वर्षीय वृद्ध छन् । उनमा गत कात्तिक ७ गते कोरोना पुष्टि भई उपचारार्थ अस्पताल भर्ना गरिएको थियो ।
नोबेल शिक्षण अस्पतालमा झापाको दमक नगरपालिका २ का ७२ वर्षीय पुरुषको पनि मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । संक्रमण पुष्टि भएपछि उनलाई कात्तिक १२ गते अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो ।
बाह्रखरी डटकमबाट