बेलायती राजकुमार विलियमलाई पनि कोरोना भाइरसको संक्रमण

लोकखबर
१७ कार्तिक २०७७, सोमबार १२:४३

मकवानपुर । बेलायती राजकुमार विलियमलाई पनि कोरोना भाइरसको संक्रमण भएको खुलेको छ ।

उनलाई गत अप्रिल महिनामै कोरोनाभाइरस सङ्क्रमण भएको ब्रिटिश राजदरबारका स्रोतहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अप्रिलमा बुवा प्रिन्स अफ वेल्स चार्ल्सलाई सङ्क्रमण भएताका नै उनलाई पनि सङ्क्रमण भएको जनाइएको छ ।

३८ वर्षीय विलियमले सर्वसाधारणमा अनावश्यक तनाव नहोस् भनेर आफ्नो सङ्क्रमणकाबारे सार्वजनिक जानकारी नदिएको हुन सक्ने वेलायती सञ्चार माध्यमहरूले जनाएका छन्।

राजकुमार विलियमको निवास तथा कार्यालय रहेको केन्सिङ्टन दरबारले भने अहिलेसम्म यसबारे आधिकारिक जानकारी सार्वजनिक गरेको छैन ।खबरहब डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*