स्वास्थ्य मन्त्रालयलाई ९ हजार ४५७ थान व्यक्तिगत सुरक्षा सामग्री प्रदान
मकवानपुर । एक्सन एड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९ हजार ४५७ थान व्यक्तिगत सुरक्षा सामग्री पीपीई सहयोग गरेको छ ।
मंगलबार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई संस्थाका कार्यकारी निर्देशक सुजिता माथेमाले ९ हजार ४५७ थान पीपीई हस्तान्तरण गरेकी हुन् ।
कोरोना रोकथाम तथा नियन्त्रणमा खटिने स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री अभाव हुन नदिन संस्थाले पीपीई सहयोग गरेको जनाएको छ । खबरहब डटकमबाट