चितवनमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

लोकखबर
१९ कार्तिक २०७७, बुधबार १०:४२

मकवानपुर । कोरोना संक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत राप्ती नगरपालिका १० की ३९ वर्षीया महिलाको मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कात्तिक १५ गते श्वासप्रश्वासमा समस्या भएर अस्पतालमा भर्ना भएकी ती महिलालाई १७ गते कोभिड १९ संक्रमण पुष्टि भएको थियो । उनको आज बिहान ६ बजेर ५० मिनेटमा मृत्यु भएको पौडेलले बताए ।

महिलाको स्वास्थ्य अवस्थामा थप समस्या हुँदै गएपछि १७ गते नै कोभिड आईसीयू कक्षमा राखी उपचार हुँदै आएको थियो । उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*