पश्चिमी वायुको प्रभावले मौसममा बदली, पहाडी भेगमा वर्षाको पूर्वानुमान

लोकखबर
२०७७ कार्तिक १९, बुधबार ११:५१

मकवानपुर । पश्चिमी वायुको प्रभावले मुलुकका अधिकांश भू-भागमा मौसममा बदली भएको छ ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले आज दिउँसो र राति पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार अहिले प्रदेश १ मा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

पश्चिमी वायुको प्रभावले शुक्रबारसम्म नै दिउँसो र राति पहाडी भेगमा हल्का वर्षाको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

 

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको