कैलालीमा प्रहरी हत्याकाण्ड : मटर तस्करी गराउने व्यापारी गुप्ता पक्राउ

लोकखबर
१९ कार्तिक २०७७, बुधबार १२:५२

मकवानपुर । कैलालीको जुगेडाका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या प्रकरणको अनुसन्धानका क्रममा एक मटर व्यापारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढीका व्यपारी राजीव गुप्ता छन् ।

अस्थायी प्रहरी पोस्ट जुगेडाका इन्चार्ज (असई) विक र प्रहरी जवान साउदको हत्याकाण्डको अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले जानकारी दिए ।

प्रहरीको हत्या भएको राति जुगेडा क्षेत्रबाट तस्करी भएको मटर गुप्ताको भएको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

कात्तिक १ गते गस्तीमा खटिएका बेला असई विक र जवान साउदको विभत्स हत्या गरिएको थियो । हत्या आरोपमा यसअघि ८ जना पक्राउ परिसकेका छन् ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*