कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु

लोकखबर
१९ कार्तिक २०७७, बुधबार १६:५१

मकवानपुर । नोभेल कोरोना भाइरसको संक्रमणबाट देशभर थप ३० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप ३० जनाको मृत्यु भएको हो । यो दैनिक मृत्यु हुनेको संखयमा अहिलेसम्मकै सबभन्दा उच्च संख्या हो ।

मंगलबार देशभर कोरोना भाइरसको संक्रमणबाट २० जनाको मृत्यु भएको थियो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ३४ पुगेको छ ।
बाह्रखरी डटकमबाट

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*