भरतपुर अस्पतालमा हेटौंडाका कोरोना संक्रमितको मृत्यु
मकवानपुर । भरतपुर अस्पतालमा हेटौंडाका कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका ६ का ८२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
कात्तिक १५ गते कोभिड १९ पुष्टि भएका उनी ज्वरो, खोकी, श्वासप्रश्वासम्बन्धी समस्या भएर कात्तिक १८ गते भर्ना भएका थिए ।
स्वास्थ्य अवस्था थप जटिल भएपछि भेन्टिलेटरमा उपचारका क्रममा आज राति १ बजे उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।बाह्रखरी डटकमबाट