आईपीएलमा आज मुम्बई र दिल्ली भिड्दै, जित्ने टोली फाइनल पुग्ने

लोकखबर
२० कार्तिक २०७७, बिहीबार ११:२८

मकवानपुर । यूएईमा जारी १३औँ संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा आज मुम्बई इन्डियन्स र दिल्ली क्यापिटलबीच प्रतिस्पर्धा हुँदैछ ।

जारी आईपीएलको क्वालिफायर–१ को खेल नेपाली समयानुसार बेलुकी ७:४५ बजे दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

साविक विजेता मुम्बई अंक तालिकाको शीर्षस्थान रहँदै क्वालिफायरमा पुगेको हो । उसले कूल १८ अंक जोडेको छ । लिगका १४ मध्ये पाँच खेलमा मात्रै पराजय बेहोरेको मुम्बई उत्कृष्ट लयमा छ ।

१६ अंक जोडेको दिल्ली अंक तालिकाको दोस्रो स्थानमा छ । ८ खेलमा जित र ६ खेल हारेको दिल्ली समूह चरणको अन्तिम खेलमा बैंगलोरलाई हराउँदै क्वालिफायरमा पुगेको हो ।

समूह चरणको दुवै खेलमा मुम्बईले दिल्लीलाई स्तब्ध पारेको थियो । पहिलो म्याचमा १६३ रनको लक्ष्य पछ्याएको मुम्बईले दिल्लीलाई पाँच विकेटले पराजित गरेको थियो । दोस्रो म्याचमा दिल्लीलाई नौ विकेटले हराएकाले मुम्बई नै खेल हाबी हुने विश्लेषण गरिएको छ ।

विजयी टिम फाइनल प्रवेश गर्नेछ भने पराजित टिमले क्वालिफायर–२ मा इलिमिनिटर विजेतासँग खेल्नेछ ।

इलिमिनिटर शुक्रबार अबुधाबीस्थित शेख जायद रंगशालामा रोयल च्यालेन्जर्स बैंगलौर र सनराइजर्स हैदरावाबीच हुँदैछ ।

अबुधाबीमा आइतबार हुने क्वालिफायर–२ मा जित निकाल्ने टिम र क्वालिफायर–१ विजेताबीच उपाधिका लागि आगामी सोमबार दुबईमा प्रतिस्पर्धा हुनेछ ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*