विवादका बीच ओली–दाहाल छलफलको तयारीमा
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच लामो समयदेखि देखिएको विवाद समाधान हुन सकेको छैन । पछिल्लो समय दुवै अध्यक्षले आ आफ्नो गुटमा जे पनि हुन सक्ने भन्दै तयारी अवस्थामा रहन कार्यकर्तालाई आन्तरिक निर्देशन दिइसकेका छन् ।
दुई अध्यक्षबीचको सहमति नै पार्टीको लागि निकास भएको भन्दै दोस्रो तहका नेताहरुले दबाब दिएपछि दुई अध्यक्षबीच छलफलको तयारी भएको एक नेताले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओली मन्त्रिपरिषद् बैठकमा रहेकाले बैठकपछि दुवै अध्यक्षबीच भेटवार्ता गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ ।
बाह्रखरी डटकमबाट