विराटनगरमा उपचाररत दुई संक्रमित महिलाको मृत्यु

लोकखबर
२१ कार्तिक २०७७, शुक्रबार ११:१४

मकवानपुर । कोरोना संक्रमित दुई महिलाको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको छ ।

धनकुटा–४ की ३२ वर्षीया महिलाको कोशी अस्पताल कोभिड –१९ उपचार केन्द्रमा आज बिहान ८:१५ बजेतिर मृत्यु भएको हो ।

उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार पीसीआर परीक्षण गराउँदा बिहीबार कोरोना पुष्टि भएपछि उनलाई साँझ उपचारका लागि भर्ना गरिएको थियो । ती महिलामा श्वासप्रश्वासको समस्या पनि रहेको बस्नेतले बताए ।

यस्तै विराटनगर महानगरपालिका–७ की ५१ वर्षीया महिलाको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको छ ।

ती महिलाको बिहान ८ बजे मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए ।

कोरोना पोजेटिभ देखिएपछि ती महिलालाई गत बुधबार अस्पताल भर्ना गरिएकोमा उपचारका क्रममा मृत्यु भएको आचार्यले जानकारी दिए ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*