कोरोना संक्रमणमुक्त भएका पत्रकार सीताराम बर्माको मृत्यु

लोकखबर
२०७७ कार्तिक २१, शुक्रबार ११:२६

मकवानपुर । कोरोना संक्रमणमुक्त भएका धादिङका पत्रकार सीताराम बर्माको मृत्यु भएको छ।

राससका धादिङ जिल्ला समाचारदाता ७९ वर्षीय बर्माको आज बिहान उपचारका क्रममा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा मृत्यु भएको हो।

बर्मा उच्च रक्तचाप र निमोनियाबाट पीडित थिए । उनले कोरोनाबाट भने विजय प्राप्त गरेको जनाइएको छ ।

नेपाल पत्रकार महासङ्घ धादिङका संस्थापक सभापति बर्माले नेपाल प्रेस काउन्सिलबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान पाएका थिए।

गोरखा पुर्ख्यौली थलो भई धादिङलाई कर्मथलो बनाएका बर्माका श्रीमती, एक छोरा र तीन छोरी छन्।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको