भाइटीकापछि खुलामञ्चलगायत सार्वजनिक ठाउँमा निःशुल्क खाना खुवाउन नपाइने, वैकल्पिक ठाउँको व्यवस्था गर्नुपर्ने

लोकखबर
२०७७ कार्तिक २१, शुक्रबार १४:१९

मकवानपुर । काठमाण्डौको खुलामञ्चलगायत सार्वजनिक ठाउँमा अब निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको छ । तिहारको भाइटीकाको भोलिपल्टदेखि खुलामञ्चलगायत सार्वजनिक ठाउँमा निःशुल्क खाना खुवाउन नपाइने भएको हो ।

काठमाण्डौ महानगरपालिका र खाना खुवाउँदै आएका अभियन्ताबीच सार्वजनिक ठाउँमा भिडभाड हुने गरी कुनै पनि कार्य नगर्ने सहमतिअनुसार निःशुल्क खाना अभियान पनि बन्द हुन लागेको हो ।

तर सार्वजनिक ठाउँमा खाना खुवाउन नपाए पनि बन्द कोठा वा वैकल्पिक ठाउँको पहिचान गरी निःशुल्क खाना खुवाउने अभियान चलाउन पाउने सहमति भएको छ । यसका लागि महानगरपालिकाले सहयोग र समन्वय गर्ने छ ।

सहमतिअनुसार अब खाना खुवाउने संस्थाले भाइटीकाको दिनसम्ममा खाना खुवाउन वैकल्पिक ठाउँको खोजी गरिसक्नुपर्ने छ । सार्वजनिक ठाउँमा भिडभाड हुँदा कोरोना भाइरस सङ्क्रमणको जोखिम झनै बढेको भन्दै वैकल्पिक व्यवस्था गर्न लागिएको हो ।उज्यालो डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको