नेकपाका बहुमत सचिवालय सदस्यको बैठक धुम्बाराहीमा सुरु

लोकखबर
२१ कार्तिक २०७७, शुक्रबार १५:२९

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यको बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको छ । नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरु भने बैठकमा उपस्थित भएका छैनन् । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ उपस्थित छन् ।

नेकपाका नेता सुवास नेम्वाङका अनुसार प्रधानमन्त्रीसँगको छलफलपछि नै अनौपचारिक बैठक भएको हो । तर महासचिव विष्णु पौडेलले नेकपाको सचिवालय बैठक नभएको प्रतिक्रिया दिएका छन् । नेकपामा देखिएको विवाद समाधानतर्फ भन्दा पनि बढ्न थालेपछि नेताहरुबीच पटक पटक अनौपचारिक छलफल भइरहेको छ ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*