पुरानो मेडिकल कलेजमा ४३ वर्षीय कोरोना संक्रमितको मृत्यु

लोकखबर
२२ कार्तिक २०७७, शनिबार १०:१३

मकवानपुर । कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा ४३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुपेन्देहीको तिलोत्तमा नगरपालिका ६ का पुरुष छन् । अस्पतालका अनुसार कात्तिक १४ गते प्रेसर र मिर्गौलाको समस्या भई अस्पताल भर्ना भएका उनको स्वाब परीक्षण गर्दा कात्तिक २० गते कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

कोभिड आईसीयू कक्षमा उपचाररत उनको आज राति साढे १ बजे मृत्यु भएको अस्पतालका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले जानकारी दिए ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*