देशभरको तापक्रम घट्दै, पहाडी भेगमा आंशिक बदली

लोकखबर
२०७७ कार्तिक २२, शनिबार ११:१५

मकवानपुर । मुलुकभरको न्यूनतम तापक्रम घट्दै गएपछि चिसो बढ्न थालेको छ ।

आज बिहान काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झरेको छ । शुक्रबार बिहान ६ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

महाशाखाका अनुसार मुलुकभर नै चिसो बढेको छ । जुम्लामा न्यूनतम तापक्रम माइनस १ डिग्री सेल्सियसमा झरेको छ । अरु ठाउँको न्यूनतम तापक्रम पनि क्रमिकरूपमा घट्दै गएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।

तापक्रम अझै घट्दै जादा मुलुकका विभिन्न स्थानमा हुस्सु लाग्ने पूर्वानुमान पनि गरिएको मानन्धरले बताइन् ।

पूर्वी तराईका जिल्लामा आज दिउँसो पनि हुस्सु लाग्ने सम्भावना छ । अरु ठाउँको मौसम भने आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मुलुकका पहाडी भू-भागमा दिउँसो आंशिक बदलीको अवस्था रहने महाशाखाले जनाएको छ ।

पहाडी भू-भागमा बदली भए पनि दिनभर अन्यत्रको मौसम भने सफा रहने महाशाखाले जनाएको छ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको