बाँकेमा एकैदिन चार संक्रमितको मृत्यु
मकवानपुर । बाँकेमा एकैदिन चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
मृतक दाङका दुई तथा कैलाली र बाँकेका एक जना छन् ।
श्वास प्रश्वास समस्या भएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका बाँकेको राप्तीसोनारी-८ का ४८ वर्षीय पुरुषको शुक्रवार साँझ ५:२० बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
यस्तै कैलालीको टीकापुर नगरपालिका वडा-१ की ५६ वर्षकी महिलाको शिक्षण अस्पताल कोहलपुरमै दिउँसो २:४५ बजे मृत्यु भएको श्रेष्ठले बताए ।
यस्तै तुल्सीपुर उपमहानगरपालिका-१० दाङकी २० वर्षकी महिलाको दिउँसो ३:२० बजे र तुल्सीपुर उपमहानगरपालिका- ५ दाङका ७६ वर्षका पुरुषको साँझ ६:४० बजे कोहलपुरमै उपचारकै क्रममा मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।खबरहब डटकमबाट