भारतमा ८४ लाखभन्दा बढीमा संक्रमण

लोकखबर
२२ कार्तिक २०७७, शनिबार ११:३९

मकवानपुर । भारतमा कोरोना संक्रमितको संख्या ८४ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४९ हजार ७३९ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८४ लाख ६० हजार ७७३ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७८ लाख १८ हजार ४३४ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २५ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ५७६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २५ हजार ६०५ पुगेको छ ।

खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*