रौतहटमा फेरि निषेधाज्ञा

लोकखबर
२२ कार्तिक २०७७, शनिबार १२:४१

मकवानपुर । कोरोना सङ्क्रमण नरोकिएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले पुनः निषेधाज्ञा लगाएको छ ।

जिल्ला प्रशासन कार्यालयले दीपावली, छठ र वाग्मती नदी किनारमा लाग्ने पूर्णिमा मेलालाई ध्यानमा राख्दै निषेधाज्ञा जारी गरेको हो ।

गएराति १२ बजेदेखि आउँदो मंसिर १७ गतेसम्मका लागि निषेधाज्ञा लागू गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

निषेधाज्ञा पालन गराउन जिल्ला समन्वय समितिको कार्यालय, सबै पालिका, व्यापारिक संघसंस्था, सामाजिक संघसंस्थालाई उहाँले आग्रह गर्नुभएको छ ।

निषेधाज्ञाका बेला खेलकुद, नाच, मेला, भीडभाड, जात्रा, महोत्सव, भोजभतेर, हाटबजार, सभा जुलुस र प्रदर्शन गर्न पाइनेछैन ।

मठमन्दिर, मस्जिद, गुम्बा, चर्च लगायत धार्मिक तथा सांस्कृतिक स्थलमा पनि दैनिक नित्य पूजाबाहेक गतिविधि सञ्चालन नगर्न भनिएको छ ।उज्यालो अनलाइन डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*