कलाकार मनोज गजुरेलको स्वास्थ्य सुधारोन्मुख

लोकखबर
२०७७ कार्तिक २२, शनिबार १३:१६

मकवानपुर । चर्चित हास्यकलाकार मनोज गजुरेलको स्वास्थ्य सुधारोन्मुख भइरहेको छ । कोरोना संक्रमणका कारण श्‍वासप्रश्‍वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । हास्यकलाकार गजुरेलको अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ ।

उनलाई बुधबार दिउँसो आईसीयूमा सारिएको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको सिस्‍नुपानी नेपालका महासचिव टंकराज आर्चायले जानकारी दिए । “बुधबार दिउँसो उहाँलाई आईसीयूमा सिफ्ट गरिएको हो । अहिले उहाँको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । सम्भवतस् केही दिनमै उहाँ आईसीयूबाट बाहिर निस्कनुहुन्छ,” उनले भने ।

कात्तिक १० गते सोमबार कोरोना संक्रमण पुष्टि भएका गजुरेललाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा भर्ना गरिएको थियो । आफ्ना दाजुलाई उपचारका लागि अस्पताल ल्याउने लैजाने क्रममा मनोजमा संक्रमण भएपछि पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएको हो ।

साथै गजुरेल स्वयंले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको जनाएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘‘आराम छु, आरामको कामना गर्दछु । हिजोभन्दा आज धेरै राम्रो भइरहेको छ । स्वास्थ्यलाभको कामना गर्नु हुने सबैमा धन्यवाद ।’’बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको