दुईदिनभित्र बैठक राख्न ओलीलाई बहुमत सदस्यको अनुरोध, तर मानेनन् ओलीले
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सदस्यले दुईदिनभित्र सचिवालय बैठकका लागि आग्रह गरेका छन् । धुम्बाराहीमा भएको अनौपचारिक छलफलपछि पत्र बोकेर बालुवाटार पुगेका पाँचजना सचिवालय सदस्यले दुईदिनभित्र सचिवालय बैठक राख्न आग्रह गरेका थिए ।
छलफलपछि बाहिरिएका नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरुले औपचारिक छलफलका लागि आग्रह गरेको बताए । तर ओलीले कुनै निष्कर्ष नदिएको उनले बताए ।
नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पनि अध्यक्ष ओली बैठकका लागि तयार नभए पनि तयार नहुनुको कुनै विकल्प नै नभएको बताए । बाह्रखरीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।बाह्रखरी डठकमबाट