ललितपुरको नगरप्रहरीले मास्क लगाउन सिकाउँदै, बाँड्दै

लोकखबर
२२ कार्तिक २०७७, शनिबार १४:२८

मकवानपुर । ललितपुर महानगरपालिकाका नगरप्रहरीले महानगरको चोक र गल्लीमा पुगेर मास्क नलगाउनेलाई मास्क गाउन र राम्रो सँग नलगाउनेलाई लगाउन सुझाव दिन सुरु गरेका छन् । उनीहरुले जसले मास्क लगाएका छैनन् उनीहरु मास्क समेत दिन्छन् ।

मास्क लगाऔं, आफू बचौं र अरुलाई पनि बचाऔं अभियान अन्तर्गत नगरप्रहरीले यो काम थालेका हुन् ।

महानगरप्रमुख चिरीबाबु महर्जनको निर्देशनमा महानगरका नगरप्रहरीले यो काम थालेको महानगरका नगरप्रहरी प्रमुख सिताराम हाछेथुँले बताए ।

यस अभियान अन्तर्गतले महानगरको विभिन्न चोकमा बसेका र गल्लीमा पुगेका नगरप्रहरीले मास्क नलगाउनेलाई मास्क दिन्छन् । गलत तरिकाले मास्क लगाउनेलाई सही तरिकाले लगाउन उनीहरुले सुझाव दिन्छन् । अहिलेसम्म ५ सय मास्क वितरण गरेको बताउँदै धेरैलाई ठीक तरिकाले मास्क लगाउन सम्झाएको हाछेथुँले बताए ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*