बालुवाटारमा चर्काचर्की : पत्र बुझाउँदा ओलीको जवाफ– तपाईँहरु गुटबन्दी गर्ने, मैले किन बैठक बोलाउने?

लोकखबर
२२ कार्तिक २०७७, शनिबार १५:२६

मकवानपुर । नेकपा सचिवालय बैठकको आग्रहका लागि पुगेका सचिवालयका पाँच सदस्य र अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच चर्काचर्की परेको छ । बैठकमा सहभागी नेताहरुका अनुसार ओली बैठक बोलाउन तयार नभएपछि चर्काचर्की परेको हो ।

“तपाईँहरु गुटबन्दी गर्दै हिँड्नुभएको छ,” ओलीको जवाफ थियो, “अहिले केका लागि बैठक बोलाउने ? मैले बैठक बोलाउँदिनँ ।”

ओलीको भनाई उद्धृत गर्दैै एक नेताले बाह्रखरीलाई दिएको जानकारीअनुसार ओली धुम्बाराही र पेरिसडाँडामा बसेर गुटबन्दी गरिरहेको बताएका थिए । पाँचजना सचिवालय सदस्यहरुले औपचारिकरुपमा नै लिखित पत्र बुझाएका थिए । त्यसअघि धुम्बाराहीमा बिहान दुईघण्टा छलफल गरेर नेताहरु बालुवाटार पुगेका थिए ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*