संयुक्त अटो यातायात महासंघ मकवानपुरमा सुधीर थापाको नेतृत्व

लोकखबर
२२ कार्तिक २०७७, शनिबार १९:११

मकवानपुर । मकवानपुरमा रहेका साना तथा मझौला यातायात संचालन गर्ने विभिन्न ९ वटा यातायात कम्पनी मिलेर संयुक्त अटो यातायात महासंघ मकवानपुर निर्माण गरिएको छ । महासंघमा १८ सदस्यीय संचालक समिति गठन गरिएको हो ।

साना तथा मझौला यातायात प्रालिहरुको आज (शनिबार) भएको प्रथम भेलाले सुधीर थापाको अध्यक्षतामा महासंघ संचालक समिति गठन गरेको हो । महासंघको बरिष्ठ उपाध्यक्षमा उमाकान्त खतिवडा, उपाध्यक्ष कृष्णबहादुर थापा, महासचिव नवराज घिमिरे, सचिव रामकुमार अर्याल, कोषाध्यक्ष बलराम पौडेल, सह–कोषाध्यक्षमा रामबहादुर भोम्जन रहेका छन् ।

संयुक्त अटो यातायात महासंघमा गोल्डेन यातायात प्रालि,नेपाल अटो तथा विद्युतीय यातायात प्रालि, सार्वजनिक मकवानपुर यातायात प्रालि, आओर ब्राइट फ्युचर यातायात प्रालि, भुटनदेवी मल्टिपर्पोज यातायात प्रालि, मित्रभाव अटो सेवा यातायात प्रालि,तीन नम्बर प्रदेश यातायात प्रालि, स्वरोजगार मजदुर हेटौंडा प्रालि र अटो सेवा समिति प्रालि आबद्द रहेका छन् ।

कृष्ण रेग्मीको अध्यक्षता एवं हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा भेला भएको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*