तीन दशकपछि तेस्रो प्रयासमा पूरा भयो बाइडेनको सपना
मकवानपुर । सन् १९७२ को कुरा हो, ह्वाइट हाउसमा राष्ट्रपति पदमा रिचर्ड निक्सन थिए र अमेरिका चन्द्रमामा मानिसलाई पठाउने अभियान चलाइरहेको थियो । यही समयमा आफ्नो राजनीतिक करियर सुरु गरेका जो बाइडेले ५० वर्ष लामो राजनीतिक यात्रा गरिसकेका छन् ।
यस क्रममा तीन दशकमा तीन पटक देशको राष्ट्रपति बन्ने आकांक्षा राखेका उनको सपना अब पूरा भएको छ । उनी अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएपछि उनको यो सपना पूरा भएको हो ।
पेन्सिलभेनियामा १९४२ मा एक क्याथोलिक परिवारमा जन्मिएका जो रोबिनेट बाइडेन जुनियरले डेलावेयर विश्वविद्यालयबाट आफ्नो पढाई पूरा गरे र सिएराक्युज युनिभरसिटीबाट १९६८ मा वकालतको डिग्री लिएर करियर सुरु गरे ।
७८ वर्षीय डेमोक्रेटिक उम्मेदवार बाइडेन राष्ट्रपति पदमा पुग्ने अमेरिकाका सबैभन्दा वृद्ध व्यक्ति बनेका छन् । उमेरको रेकर्ड बनाएको यो पहिलो घटना भने होइन । आफ्नो राजनीतिक करियर सुरु गर्दै १९७२ मा उनी ३० वर्षको उमेरमा पहिलो पटक डेलावेयरबाट देशको पाँचौ सबैभन्दा कम उमेरका सिनेटरका रुपमा निर्वाचित भएका थिए ।
यो सिटबाट ६ पटक सिनेटर चुनिएका बाइडेनले पहिलो पटक सन् १९८८ मा राष्ट्रपतिको उम्मेदवारको दाबेदारका रुपमा आफूलाई उभ्याएका थिए ।
त्यसपछि उनी दोस्रो पटक २००८ मा राष्ट्रपति बन्न डेमोक्रेटिक पार्टीबाट उम्मेदवारको दौडमा थिए । त्यसबेला उनी बाराक ओबामासँग पछि परे ।
तर ओबामाले उनको अनुभव र देश विदेशमा रहेको सम्मानका कारण आफ्नो उपराष्ट्रपतिको रुपमा अघि बढाए र दुवै कार्यकालमा जो बाइडेन उपराष्ट्रपति बने । ओबामाले बाइडेनलाई हालसम्मकै सर्वश्रेष्ठ उपराष्ट्रपति घोषित गरेका थिए ।
२०१७ सम्म उपराष्ट्रपति बनेका बाइडेन यो वर्ष राष्ट्रपति बन्नका लागि तेस्रो पटक मैदानमा होमिएका थिए । यस वर्ष उनले बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछि पार्दै देशको ४६ राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
उनलाई विजयी बनाउन ट्रम्पसँग निराश भएका र ओबामालाई दुई कार्यकाल अमेरिकाको अश्वेत राष्ट्रपति बनाउन भूमिका खेलका मतदाता निर्णायक देखिए ।
सन् १९८८ मा राष्ट्रपति वदको उम्मेदवार बन्ने क्रममा उनीमाथि ब्रिटिस लेबर पार्टीका तत्कालीन नेता नील किनाकको भाषणको लाइन चोरेको आरोप लाग्यो । यसपछि सन् १९९१ मा सिनेटको न्यायिक समितिको अध्यक्ष पद पनि विवादित बन्यो ।
उनीमाथि अनिता हिल नामकी महिलाले यौन उत्पीडनको आरोप लगाएकी थिइन् । १९९३ मा बाइडेनमाथि सिनेटकी पूर्वकर्मचारी तारा रेडेले यौन उत्पीडनको आरोप लगाइन् । सन् १९९४ मा विवादित क्राइम विधेयक तयार गर्नेमा बाइडेन पनि एक थिए ।
जसले ठूलो संख्यामा बन्दीको संख्या बढ्ने, लामो सजाय सुनाउने र बढीभन्दा बढी जेल बढाउन जिम्मेवार मानिन्छ । २०१२ मा उनले एलजीबीटी समुदायको समर्थन गरे ।
बाइडेनलाई पहिलो पटक सिनेटर बनेको खुसी ठूलो दुःख लिएर आएको थियो । यसलगत्तै उनकी पहिली पत्नी निलिया र छोरी नाओमीको सडक दुर्घटनामा मृत्यु भएको थियो । तर यो दुर्घटनामा उनका जुम्ल्याहा छोरा बियु र हन्टर यो दुर्घटनामा बाँच्न सफल भएका थिए ।
त्यसक्रममा उनी अस्पतालमा आफ्ना छोराको हेरचाहमा बसेकै बेला सिनेटरको शपथ लिएका थिए । बियुलाई उनको राजनीतिक करियरको उत्तराधिकारीको रुपमा हेरिएपनि उनको २०१५ मा मस्तिष्क क्यान्सरका कारण मृत्यु भएको थियो ।
यी दुई घटनाका कारण पनि बाइडेनलाई ओबामाको चर्चित ‘पर्सनल केयर पोलिसी’ को ठूलो समर्थक मानिन्छ । जसलाई उनले आफू राष्ट्रपति बनेमा पुनः अघि बढाउने बाचा गरेका छन् । शिलापत्र डटकमबाट