उपत्यकामा पछिल्लो चौबीस घण्टामा २३ दुर्घटना, २१ जना घाइते
मकवानपुर । काठमाडौं उपत्यकाभित्र गएको चौबीस घण्टामा २३ वटा सवारीसाधन दुर्घटना भएका छन् । दुर्घटनामा २१ जना घाइते भएका छन् । दुईजनाको अवस्था सिकिस्त छ । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै जोर-बिजोरको उल्लंघन गर्ने ६०६ वटा सवारीसाधनलाई हिजो (शनिबार) उपत्यकाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ४८० वटा दुईपाङ्ग्रे र १२६ वटा चारपाङ्ग्रे सवारीसाधन छन् । सवारी नियम उल्लंघन गर्ने ७६७ जनालाई समेत उपत्यकामा ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
जसमा नम्बर प्लेट स्पष्ट नराख्ने १४० जना, मदिरा पिएर सवारीसाधन चलाउने १३ जना र अनावश्यक हर्न बजाउने पनि १३ जना रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।बाह्रखरी डटकमबाट