अमेरिकामा संक्रमण दर उच्च, फेरि थपिए १ लाख २४ हजार संक्रमित

लोकखबर
२३ कार्तिक २०७७, आईतवार १३:०३



मकवानपुर । अमेरिकामा कोरोना भाइरसको संक्रमण दर फेरि बढ्न थालेको छ ।

चार दिनयता अमेरिकामा लगातार एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

शुक्रबार एकै दिन १ लाख २३ हजार ७१८ जनामा संक्रमण देखिएको अमेरिकामा शनिबार, आइतबार र आज सोमबार पनि १ लाख २४ हजारभन्दा बढी संक्रमित थपिएका छन् ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख २४ हजार २३२ जनामा संक्रमण भएको छ । नयाँ संक्रमित थपिएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड १ लाख ८२ हजार ८१८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६४ लाख ४१ हजार ७४४ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ३४ लाख ९७ हजार ८१७ जनामध्ये १८ हजार ४८० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ४३ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ३१ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ४३ हजार २५७ पुगेको छ ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*