दाङमा २४ सय ४९ जनामा कोरोना पुष्टि, १९ को मृत्यु

लोकखबर
२३ कार्तिक २०७७, आईतवार १४:२३

मकवानपुर । दाङमा शनिबारसम्म करिब साढे २४ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म २० हजार ४६७ जनाको स्वाब पिसिआर परीक्षण गर्दा २ हजार ४४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ।

संक्रमितमध्ये १९ सय ८१ जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य कार्यालय दाङका कोभिड १९ फोकल पर्सन कमल चन्दले बताए। अहिलेसम्म जिल्लामा १९ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ, भने ४ सय ४९ जना सक्रिय संक्रमितहरु रहेका छन्, ती मध्ये धेरैजसो होम आइसोलेशनमा छन्, भने केही संस्थागत आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। होम आइसोलेशनमा ३८१ जना र संस्थागत आइसोलेशनमा ६८ जना रहेको फोकल पर्सन चन्दले जानकारी दिए।थाहा खबर डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*