विपद्मा बालसंरक्षणको अवस्था सम्बन्धि अन्तरसंवाद

लोकखबर
२३ कार्तिक २०७७, आईतवार २०:२४

मकवानपुर । राष्ट्रिय बाल संरक्षण संजाल नेपालको नवौं बार्षिक साधारणसभा भएको छ । संजालकी अध्यक्ष ऋतु भट्टराई अध्यक्षता एवं महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री लिलानाथ श्रेष्ठको प्रमुख आतिथ्यमा भर्चुअलबाट एसडीजी स्टुडियोमा साधारणभा भएको हो । साधारणसभा उद्घाटन गर्दै श्रेष्ठले बालसंरक्षणको क्षेत्रमा राष्ट्रिय बाल संरक्षण संजालले पुर्याएको योगदानको लागि धन्यवाद ज्ञापन गरे । उनले बालअधिकारको संरक्षण र सम्बर्धनको क्षेत्रमा अहिले सरकार पर्याप्त कानून निर्माण गरी नितिगत रुपमा मजबुत हुदै रहेको जानकारी दिए ।
उनले बालबालिकाको क्षेत्रमा कार्यरत सस्थाहरुलाई सरकारसंग सहकार्य गरी बालअधिकारका निति तथा कानूनहरु कार्यान्वयनमा सहयोग गर्न अपिल समेत गरे । सरकारले बालअधिकारको संरक्षणका लागि दिर्घकालीन रणनैतीक योजना ल्याई पालिकातह देखिनै समग्र बाल संरक्षण प्रणाली कार्यान्वयनमा ल्याउन लागेको बताएका हुन् ।
यस्तै, राष्ट्रिय बालअधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले बालबालिका ऐन २०७५ आएपछि राष्ट्रिय बालअधिकार परिषदले पूर्णता पाएको बताउँदै अब बालबालिका सम्बन्धि कानूनको कार्यान्वयनको पाटो महत्वपूर्ण भएकोले कानूनको पालनामा कृयाशील रहेको बताए ।
कार्यक्रममा श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका उपसचिव सुजन जोजिजु, राष्ट्रिय मानवअधिकार आयोगका निर्देशक मन्जु खतिवडा,महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सहसचिव बुद्ध गुरुङ, एसीजीका अध्यक्ष कृष्णचन्द्र आचार्य लगायतले आफ्नो धारणा राखेको बालकल्याण समाज मकवानपुरका अध्यक्ष प्रकाश खतिवडाले जानकारी दिए ।

 

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*