सुदूरपश्‍चिममा कोरोनाका सक्रिय संक्रमितको संख्या १५२० पुग्यो

लोकखबर
२०७७ कार्तिक २४, सोमबार १०:४२

मकवानपुर । सुदूरपश्चिममा कोरोनाका सक्रिय संक्रमितको संख्या १५ सय २० पुगेको छ । हिजो १०२ जना थपिएसँगै संक्रमितको संख्या १५ सय २० पुगेको हो ।

सक्रिय संक्रमितका कैलालीका मात्रै ६८८ जना छन् । यस्तै अछाममा ८६, बैतडीमा ४०, बझाङमा १९१, बाजुरामा १०, डडेल्धुरामा ६६, दार्चुलामा १९९ र कञ्चनपुरका १०८ जना सक्रिय संक्रमित छन् ।

यसबाहेक २० जना अन्य जिल्लाका छन् । हालसम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणका कारण २६ जनाको मृत्यु भएको छ भने ८ हजार ४७९ जना डिस्चार्ज भएका छन् ।बाह्रखरी डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको