जनगणनाका लागि ४३ हजार गणक, तीन किसिमका प्रश्न

लोकखबर
२०७७ कार्तिक २४, सोमबार १३:४६

मकवानपुर । केन्द्रीय तथ्यांक विभागले १२ औँ जनगणनाका लागि ४३ हजार गणक र ९ हजार सुपरिवेक्षक कर्मचारीबाट तथ्यांक संकलन गर्ने भएको छ । विभागले जनगणनाको लागि तयारी अघि बढाएको जनाएको छ ।

संघीयतापछिको पहिलो जनगणनाका रुपमा रहेको यो गणनामा नमूना छनोट विधि हटाइएको छ भने मुख्य, घरपरिवार लागत तथा सामुदायिक गरी ३ प्रकार प्रश्‍न लगिने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जनाकारी गराए ।

घर तथा घरपरिवार लगत सूचीकरणका लागि २५ र मुख्य प्रश्नावलीका लागि ५५ वटा प्रश्‍न रहेको जनाइएको छ । सामुदायिक प्रश्‍नवलीको लगत भने वडास्तरबाट संकलन गरिने जनाइएको छ । यो पहिलोपटक संकलन गर्न थालिएको हो ।

सोमबार गरिएको आर्थिक पत्रकारसँगको वेभिनारमा उनले ७० लाख घर परिवारका ३ करोड जनसंख्याको विवरण संकलन हुने जानकारी दिए । जनगणना तयारी तथा निर्देशनका लागि ८ वटा समिति खडा भएको जनाइएको छ ।

१२ औँ श्रृंखलाको जनगणनामा घरसम्वन्धी विवरणमा स्वामित्व, प्रयोग र संरचना, कृषि कार्यमा प्रयोग भएको जग्गा र क्षेत्रफल, पशुपंक्षीको संख्या, पहिलो पटक वित्तीय सुविधामा पहुँचका विषयमा प्रश्न राखिएको छ ।

व्यवसायिक शिक्षा र तालिम प्राप्त व्यक्तिको संख्या, सरकारी अनुदानबाट निर्माण भएको घरको संख्या पनि लिइने जनाइएको छ ।

मुख्य प्रश्‍नवलीमा परिवारले उपभोग गरेका सुविधाहरु, महिलाको नाममा भएको घर तथा जग्गा लगायतका विवरण ल्याइने जनाइएको छ ।

सामुदायिक प्रश्नावलीमा राजस्व संकलनको स्रोत, विपद् सम्वन्धी विवरण, आर्थिक पूर्वधारको अवस्था लगायतका विषयमा तथ्यांक राखिने जनाइएको छ ।शिलापत्र डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको