कर्णाली प्रदेशमा तिहारमा देउसीभैलो खेल्न रोक
मकवानपुर ।कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले तिहारमा देउसीरभैलो खेल्न नदिने निर्णय गरेसँगै कर्णालीका विभिन्न जिल्ला प्रशासन कार्यालयहरुले देउसी भैलो खेल्न प्रतिबन्ध लगाएका छन् ।
कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले निर्णय गरेअनुसार नै जुम्ला र मुगु जिल्लाले तिहारमा देउसीरभैलो खेल्न प्रतिबन्ध लगाएका छन् भने अन्य जिल्ला प्रशासन कार्यालयहरुले पनि प्रतिबन्ध लगाउने तयारी गरेका छन् ।
कोरोना जोखिम नहटेको भन्दै यसपालीको तिहारमा देउसीरभैलो पूर्ण रुपमा बन्द गर्ने, मेला तथा जात्रामा पनि प्रतिबन्ध लगाएका हुन् ।
जिल्ला प्रशासन कार्यालय मुगुले छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगुमकार्मारोगं गाउँपालिकामा देउसी भैलो खेल्न रोक लगाईएको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताए ।
‘देउसी भैलोको कार्यक्रममा धेरै जमघट हुने र कोरोना संक्रमणको जोखिम झन उच्च हुने भएकाले यसवर्ष नगरपालिका र गाउँपालिकाका सबै वडाहरुमा जिल्ला सुरक्षा समितिले देउसी भैलो नखेल्न अनुरोध गरेको हो,’ उनले भने, ‘जिल्ला सुरक्षा समितिले तिहारमा देउसी भैलो नखेल्न सबै स्थानीय तहहरुलाई पत्राचार समेत गरिसकेको छ ।’
त्यस्तै, जिल्ला प्रशासन कार्यालय जुम्लाले तिहारमा देउसी भैलो खेल्न प्रतिबन्ध लगाएको छ ।
जिल्ला प्रशासन कार्यालयले कोरोना कोमहामारीलाई मध्यनजर गर्दै देउसी भैलो खेल्न प्रतिबन्ध लगाएको जनाएको छ । महामारीको अवस्थामा यसवर्ष जिल्लाका सबै स्थानीय तहहरुमा देउसी भैलो खेल्न रोक लगाईएको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।
‘जिल्लाका एक नगरपालिका र सात गाउँपालिका गरी आठ वटा स्थानीय तहमा देउसी भैलो खेल्न रोक लगाईएको छ,’ उनले भने, ‘देउसी भैलोको कार्यक्रम गर्दा धेरै जमघट हुन्छ । यसकारणले कोरोना संक्रमणको झन जोखिम उच्च हुने सम्भावना हुन्छ । जसका लागि हामीले यसवर्ष जिल्ला भरी देउसी भैलो खेल्न प्रतिबन्ध लागाउने निणर्य गरेका हौँ ।’
कोरोना रोकथाम तथा नियन्त्रणका लागि कालीकोट जिल्लाका नौ वटै स्थानीय तहमा देउसी भैली खेल्न रोक लगाउने तयारी भएको प्रमुख जिल्ला अधिकारी चन्द्रनाथ गेरैले जानकारी दिए ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालय सुर्खेत, दैलेख, रुकुमपश्चिम, सल्यान, जाजरकोटले पनि देउसी भैली खेल्न रोक लगाउने तयारी गरेको कार्यालयहरुले जनाएका छन् । शिलापत्र डटकमबाट