कोरोना भाइरसविरुद्धको खोपमा नयाँ सफलता, ९० प्रतिशतसम्म प्रभावकारी देखिएको दाबी
मकवानपुर । कोरोना भाइरस अर्थात् कोभिड १९ विरुद्धको खोपमा नयाँ सफलता हात परेको उत्पादनकर्ताहरुले दाबी गरेका छन् । एक प्रारम्भिक विश्लेषणका अनुसार फाइजर र बायोएनटेकले उत्पादन गरेको खोपले परीक्षणमा ९० प्रतिशत सम्मको प्रभावकारिता देखाएको हो।
यो उत्पादक कम्पनीले बनाएको खोप ६ देशका ४३ हजार ५०० जनामा परीक्षण गरिएको थियो र कुनै पनि प्रकारका गम्भीर साइड इफेक्ट देखिएको छैन । कम्पनीले यो महिनाको अन्तिमसम्म आकस्मिक स्वीकृतिका लागि निवेदन दिने भएको छ ।
पार्टी शीर्ष तह हुँदै कार्यकर्तामाझ फाटो ल्याएको नेकपाको विवाद संसदीय समितिमा पनि प्रवेश गरेको छ । सरकारले गरेका निर्णयलाई लिएर प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा नेकपाका सांसदहरू गुटगत रूपमा विभाजित भएका हुन् ।
मन्त्रिपरिषद्को असोज ११ गतेको बैठकले देशको औपचारिक नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ लाई परिवर्तन गरेर ‘नेपाल’ मात्रै लेख्ने निर्णय गरेको थियो । उक्त विषयमा सामाजिक सञ्जालमा र केही सञ्चारमाध्यममा आलोचना भएपछि राज्य व्यवस्था समितिले सोमबार छलफलको विषय बनाएको थियो ।
राज्यव्यवस्था समितिको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को तर्फबाट जवाफ र जानकारी दिनका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली उपस्थित थिए । उनले सरकारले नेपालको नाम परिवर्तन नगरेको र गर्ने कल्पनासम्म नरहेको बताए । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियोसँग स्थापना गर्नका लागि वर्तमान सरकारले दर्जनौं कानुन बनाएर कार्यान्वयन गरिरहेको बताउँदै उनले अनावश्यक शंका नगर्न आग्रह गरे ।
फाइजरका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डा अल्बर्ट बोलाले विज्ञान र मानवताका निम्तिी यो महत्त्वपूर्ण दिन भएको बताए । उनले भने,‘ कोभिड १९ को फेज ३ को यो खोप ट्रायलको नतिजाले कोभिड विरुद्ध रोेक्न सक्छ भन्ने प्रारम्भिक प्रमाण देखाएको छ । ’
हालसम्म दर्जनौं कोेभिड विरुद्धका खोपहरु परीक्षणको अन्तिम चरणमा छन् तर यसले भने राम्रो सम्भावना र नतिजा देखाएको छ । यो खोपमा प्रयोगात्मक विधि प्रयोग गरिएको छ जसमा मानिसको रोग प्रतिरोधात्मक क्षमतालाई तयार पार्न भाइरसको जेनेटिक कोडलाई इन्जेक्सनमार्फत् प्रवेश गराइन्छ । इकान्तिपुरबाट












































