आज फाल्गुनन्द जयन्ती, विशेष कार्यक्रम गरी मनाइँदै

लोकखबर
२५ कार्तिक २०७७, मंगलवार १०:५३

मकवानपुर । आज राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती विशेष कार्यक्रम गरी मनाइँदै छ ।

किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती मनाउने गरिन्छ ।

विशेषगरी पूर्वी पहाडी जिल्लाहरु पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम तथा तराईको झापामा फाल्गुनन्द जन्मजयन्तीका अवसरमा विशेष कार्यक्रम गरिँदै आएको छ । तर, यस वर्ष कोरोना संक्रमणको महामारीका कारण धेरै व्यक्ति भेला भएर जन्मजयन्ती मनाइने छैन ।

वि.सं. १९४२ साल कातिक २५ गते इलाममा जन्मिएका फाल्गुनन्दको वि. सं. २००५ सालमा निधन भएको थियो । उनले जीवनको अन्तिम समयसम्म किराँत भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका निम्ती काम गरेका थिए ।

फाल्गुनन्दलाई २०६६ साल मंसिर १६ गते तत्कालीन प्रधानमन्त्री माधव नेपाल नेतृत्वको सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

फाल्गुनन्दले समाज सुधारकाका लागि वि. सं.१९८८ वैशाख २४ गते स्थापना गरेको ‘सत्य हाङ्गमा (धर्म) मुचुल्का’को नीति चर्चित छ ।खबरहब डटकमबाट

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*